यी क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्यूनतम पारिश्रमिक पाउने
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू केन्द्रीय क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्यूनतम पारिश्रमिक पाउने भएका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रमबिच ६ वटा विभिन्न कन्स्ट्रक्सन र एयरलाइन्स कम्पनीहरूसँग विद्यार्थीहरूका लागि इन्टर्नसिपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता भएको हो ।
नेपाली काँग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको पहलमा तीन वटा कलेजमा पाइलट प्रोजेक्टमा रूपमा अघि बढाइएको नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले बताए । उनले व्यवस्था परिवर्तन भएपनि विद्यालय र विश्वविद्यालयलाई परिवर्तन गर्न नसकिएको अवस्थामा नेविसंघको पहलमा पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू केन्द्रीय क्याम्पसलाई पाइलट प्रोजेक्टको रूपमा इन्टर्नसिपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता गरिएको बताए । उनले इन्टर्नसिप गर्दा न्यूनतम पारिश्रमिक दिने कुरालाई बिस्तारै देशव्यापी रुपमा अघि बढाउने योजना रहेको बताए ।
उनले भने, ‘व्यवस्था परिवर्तन त भइसक्यो । अब हाम्रो विद्यालय र विश्वविद्यालयलाई हामीले परिवर्तन गर्नुपर्छ । त्यहाँ पनि सुधार ल्याउनुपर्छ भनेर नेपाल विद्यार्थी संघले अर्जुन दृष्टिका साथ इन्टर्नसिप र इन्टर्नपिनरसिपमा फोकस भएका छौँ । हामीले तीन वटा कलेजलाई पाइलट प्रोजेक्टको रूपमा त्यहाँका विद्यार्थीलाई इन्टर्नसिपसँग जोड्ने भनेर पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टियु सेन्टर क्याम्पसलाई पाइलट प्रोजेक्टको रूपमा लिएका छौँ । इन्टर्नसिपलाई त्यसपछि देशव्यापी रूपमा हरेक विद्यार्थीलाई इन्टर्नसिपसँग जोड्ने र पेइन्टर्नसिपसँग जोडेर आन्टरपिनरसिपसम्म पुर्याउने भन्ने उद्देश्यका साथ पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सुरु गरेका छौँ । ६ वटा विभिन्न कन्स्ट्रक्सन कम्पनीहरू, त्यससँगै एयरलाइन्स कम्पनीसँग इन्टर्नसिप सुरु गरेका छौँ ।’
यता, पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रमुख डा.इन्द्रप्रसाद आचार्यले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत इन्जिनियरिङमा अध्ययन विद्यार्थीहरूका लागि इन्टर्न गर्नुपर्ने अनिवार्य प्रावधान रहेको र इन्टर्नसिपका लागि न्यूनतम पारिश्रमिक दिनुले विद्यार्थीहरूलाई राम्रो हुने बताए । उनले इन्टर्नसिपका लागि विभिन्न कम्पनीहरूले चासो देखाइरहेको पनि बताए । उनले बिना पैसामा इन्टर्नसिप गर्ने भन्दा न्यूनतम पारिश्रमिक दिने कुराले विद्यार्थीहरूका लागि राम्रो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण