बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प छैन : सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको बताएका छन् । सापकोटाले समाजवादी व्यवस्थाको लागि कम्युनिस्टहरूको बलियो उपस्थितमा मात्रै सम्भव हुनेसमेत बताएका छन् ।
बिहीबार राजधानीको संवाद डबलीमा ४७ औँ जुगेडी किसान संघर्ष दिवस तथा ३३ औँ किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफ्नो पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आशा जगाएको जिकिर गरे । पार्टी प्रवक्ता समेत रहेका सापकोटाले जनताले स्थायी सरकार र सत्ता चाहेको र कम्युनिस्टहरू एकताले मात्रै जनताको सपना पुरा गर्ने धारणा राखेका हुन् ।
आयोजक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान विद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्ने प्रक्रिया नरोकिएकोप्रति रोष व्यक्त गरे ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले धर्मराज मुल्मी जस्तै हजारौँ लघुवित्तिय शोषकहरुको बोलवाला रहेको आरोप लगाए । ज्ञवालीले जुगेडी विद्रोहका सहिद किसानहरूको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जाहेर गर्दै भने,“देशका लाखौँलाख किसान तथा दिदीबहीनीहरुलाई हजारौँ लघुवित्तरुपी धर्मराजहरुले शोण गरिरहेका छन्, तिनको जरो हामीले उखेल्ने हो ।”
ज्ञवालीले जनताको घर आँगनबाट माथि उठेका माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बेला पहल लिएर पीडितका मागहरू पुरा गर्न सक्नु पर्नेमा जोडा दिए ।
संगठनका उपाध्यक्ष अगस्त अधिकारीले लघुवित्तको दमन र शोणविरुद्ध सरकारले छिटोभन्दा छिटो कदम चाल्न माग राखे ।
आयोजक संगठनका सचिव शिवहरी खनालले सञ्चालन गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सूर्य सुवेधी, पार्टीका केन्द्रीय सदस्य तथा किसान संगठनका फ्याक्सन इन्चार्ज सुनिल मानन्धर, पार्टी केन्द्रीय सदस्य कुमार पौडेल तथा संगठनका केन्द्रीय पदाधिकारीहरू सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण