संघीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ : मन्त्री जोशी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री जोशीले वर्षे अधिवेशनमा निजामती विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टीकरण पनि दिए ।
मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सरोकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । उनले सबै सरोकारवालाहरूसँगको परामर्शमा विधेयकलाई टुंगो लगाउन आफूहरू लागि परेको बताए ।
मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकार समेत गरे । उनले सरकारले संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण