रविको दाबी : रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रबार काठमाडौँमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले सञ्चारकर्मीहरूमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दारिताका साथ कोसिस गरिरहेको जिकिर पनि गरे । सरकारमा गएको सय दिन जति भएको उल्लेख गर्दै उनले गज्जबले मन्त्रालयहरू चलाउने आधारहरू बनेको बताए । उनले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस् भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे ।
उपप्रधानमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठुलो जिम्मेवारीमा पुगेको अनुभूति भएको पनि बताए ।
उपप्रधानमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठुलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण