टी–२० विश्वकप : अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको लक्ष्य
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको शनिबार बिहान जारी खेलमा अमेरिकाले वेस्ट इन्डिजलाई जितका लागि एक सय २९ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिज र अमेरिका दुवै नवौँ विश्वकपमा आयोजक राष्ट्र हुन् ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय २८ रन बनाएको हो । अमेरिकाका लागि ओपनर ब्याट्सम्यान एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए ।
अर्का ओपनर स्टिभन टेलर भने दुई रनमै आउट भएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान नितिश कुमारले टोलीको खातामा २० रन थपे । कप्तान एरोन जोन्स पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।
अमेरिकाका लागि मिलिन्द कुमारले पनि टोलीको खातामा १९ रन थपे । आठौँ नम्बरका ब्याट्सम्यान साड्ली क्लाउड भान साल्कविकले पनि १८ रन बनाए । अली खानले अविजित १४ रन जोडे ।
घरेलु मैदानमा क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिए । आन्द्रे रसेलले पनि तीन विकेट हात पारे । अल्जारी जोसेफले दुई विकेट लिए । गुडाकेश मोटीले पनि एक विकेट कुम्ल्याए ।
‘सुपर–८’ चरणको ‘समूह–२’ मा रहेका वेस्ट इन्डिज र अमेरिकाले दोस्रो खेल खेलिरहेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न यो खेलमा दुवै टोलीका लागि जित आवश्यक छ ।
त्यो समूहमा दुई खेल खेलेको दक्षिण अफ्रिका चार अङ्कसहित पहिलो र समान खेल खेलेको इङ्गल्यान्ड दुई अङ्कसहित दोस्रो स्थानमा आसीन छन् ।
अमेरिकी टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो । वेस्ट इन्डिजलाई भने इङ्गल्यान्डले आठ विकेटले हराएको थियो ।
यसअघि शुक्रवार राति खेलिएको खेलमा दक्षिण अफ्रिकाले इङ्गल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको छ । वेस्ट इन्डिज दुईपटकको च्याम्पियन हो भने टी–२० विश्वकपमा अमेरिकाको यो पहिलो सहभागिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण