बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रातोपाटी ‘प्लस टु कन्क्लेभ’ सम्पन्न (भिडियोसहित)

शनिबार, ०८ असार २०८१, २२ : ५५
शनिबार, ०८ असार २०८१

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमको आयोजनामा ‘प्लस टु कन्क्लेभ’ सम्पन्न गरिएको छ । शनिबार राजधानीको कुपण्डोलस्थित होटेल हिमालयमा  माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर प्लस टु पढ्ने तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कन्क्लेभ गरिएको प्रबन्ध निर्देशक अर्जुन पन्तले जानकारी दिए । 

दुई सत्रमा भएको कार्यक्रम अन्तर्गत  पहिलो सत्रमा ‘ह्वाट नेक्स्ट आफ्टर एसईई’ (एसइईपछि के ?)’ शीर्षकमा छलफल गरिएको थियो । शिक्षाविद् डाक्टर गणेश बहादुर सिंह, विश्व निकेतन स्कुलका प्रिन्सिपल हेरम्बराज कँडेल, शिक्षाविद् डाक्टर कल्पना ज्ञवाली र सूचना प्रविधि विज्ञ इन्द्र पीसी प्यानलिष्टको रूपमा रहेका थिए । उनीहरुले एईईपछि अध्ययनको क्षेत्र, अवसर र चुनौतीका विषयमा केन्द्रित रहेर आफ्नो धारणा राखेका थिए । 

om

यस्तै दोस्रो सत्रमा ‘उच्च शिक्षा (माध्यमिक तह) को सपना’ अर्थात् ‘प्लसटुको उपलब्धिः दक्ष र सक्षम जनशक्ति’ विषयमा बहस भएको थियो ।  जसको प्यानलिष्टमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्ले, हिसान अध्यक्ष रमेश सिलवाल र शिक्षाविद् प्राडा विद्यानाथ कोइराला रहेका थिए ।

यो बहसमा शिक्षा क्षेत्रमा रहेका चुनौती र समाधानका लागि नीतिगत रुपमा के गर्न सकिन्छ भन्नेलगायतका विषयमा गम्भीर छलफल हुनुका साथै विद्यार्थीहरुको सवाललाई समेत सम्बोधन गरिएको थियो ।

यी दुई सेसन क्रमशः पत्रकारहरु रविचन्द्र पराजुली र कृष्णसिंह धामीले मोडरेट गरेका थिए ।  कार्यक्रममा स्वागत मन्तब्य दिँदै रातोपाटीका संस्थापक ओम शर्माले शिक्षा क्षेत्रको आमूल परिवर्तन र सुधारका लागि रातोपाटी सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसकै सुरुवातस्वरुप ‘प्लस टु कन्क्लेभ’ सञ्चालन गरिएको बताए ।

ratopati-conclave2

 उच्च शिक्षाका लागि विद्यार्थीहरू बाहिरिने क्रम बढिरहेको सन्दर्भमा राज्यले उचित वातावरण बनाउन आवश्यक रहेको उनको धारणा थियो ।  कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणी शर्मा, डिस्कवरी न्युज नेटवर्कका अध्यक्ष विजया शर्मासहित शिक्षा क्षेत्रका सरोकारवालाहरु र एसईई परीक्षाको नतिजाको प्रतीक्षा गरिरहेका विद्यार्थी समेत गरी २०० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको रातोपाटीमार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । 

भिडियो हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप