निफ्राबाट एनआईसी एसिया बैंक बाहिरिने, १० लाख कित्ता सेयर बिक्रीमा
आइतबार, ०९ असार २०८१, १४ : २९
काठमाडौँ । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बाट एनआईसी एसिया बैंक बाहिरिने भएको छ । बैंकले निफ्रामा रहेको आफ्नो १० लाख कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।
सूचना अनुसार एनआईसीले निफ्रामा रहेको आफ्नो सेयर प्रतिकित्ता १०१ रुपैयाँको दरमा नै बिक्री गर्न लागेको छ । बैंकको स्वामित्वको उक्त सेयर संस्थापक सेयरधनीले मात्र नभएर सर्वसाधारण व्यक्ति, संस्था वा कम्पनीहरूले पनि खरिद गर्न सक्नेछन् ।
कम्पनीको धितोपत्र प्रबन्धक एनआईसी एसिया क्यापिटलमा इच्छुकले असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले थोरैमा १० हजार कित्ता बोलकबोल गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयर धनीहरूबाट सेयर माग नभएमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण