सहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता छैन : मन्त्री बुढा
आइतबार, ०९ असार २०८१, १८ : ४३

काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् ।
मन्त्री बुढाले योजनाहरूको आवश्यकता र सन्तुलित तवरले मन्त्रालयको बजेट विनियोजनको प्रयास गरिएको जिकिर गरे । उनले संघीय संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख लगायतका विशेष प्रकृतिका भवन निर्माण गर्नु परेकाले अन्य प्रदेशभन्दा बागमती प्रदेशको बजेट बढी देखिएको पनि स्पष्ट पारे ।
मन्त्री बुढाले आयोजनाहरूको पूर्वतयारीका लागि ५ लाखभन्दा बढीको बजेट विनियोजन गर्ने बाध्यता आइपरेको पनि बताए ।
मन्त्री बुढाले आफूले सबै जिल्लामा योजनाहरू पुग्नेगरी बजेटको विनियोजन गरेको दाबी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद