सहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता छैन : मन्त्री बुढा
आइतबार, ०९ असार २०८१, १८ : ४३
काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् ।
मन्त्री बुढाले योजनाहरूको आवश्यकता र सन्तुलित तवरले मन्त्रालयको बजेट विनियोजनको प्रयास गरिएको जिकिर गरे । उनले संघीय संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख लगायतका विशेष प्रकृतिका भवन निर्माण गर्नु परेकाले अन्य प्रदेशभन्दा बागमती प्रदेशको बजेट बढी देखिएको पनि स्पष्ट पारे ।
मन्त्री बुढाले आयोजनाहरूको पूर्वतयारीका लागि ५ लाखभन्दा बढीको बजेट विनियोजन गर्ने बाध्यता आइपरेको पनि बताए ।
मन्त्री बुढाले आफूले सबै जिल्लामा योजनाहरू पुग्नेगरी बजेटको विनियोजन गरेको दाबी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण