विश्वकपको सबैभन्दा ठुलो स्कोर श्रीलंकाको नाममा
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो स्कोर बनाउने राष्ट्र श्रीलंका हो । टी–२० विश्वकपको सन् २००७ मा सम्पन्न पहिलो संस्करणमै श्रीलंकाले यो कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यो कीर्तिमान अहिलेसम्म पनि कसैले तोड्न सकेको छैन ।
त्यो विश्वकपमा श्रीलंका समूह ‘सी’ मा परेको थियो । समूहगत चरणको केन्याविरुद्धको खेलमा श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६० रन बनाएको थियो । टी–२० विश्वकपको इतिहासमा हालसम्म बनेको सबैभन्दा ठुलो स्कोर यही हो ।
त्यो खेलमा श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान सनथ जयसूर्याले ४४ बलमा चार छक्का र ११ चौकाको मद्दतले ८८ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका माहेला जयाबद्र्धनेले पनि २७ बलमा दुई छक्का र नौ चौकाको मद्दतले ६५ रन बनाएका थिए । त्यो खेलमा श्रीलंका एक सय ७२ रनले विजयी भएको थियो ।
टी–२० विश्वकपको इतिहासमा दोस्रो ठुलो स्कोर बनाउने राष्ट्र भने इङ्ल्यान्ड हो । सन् २०१६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्डले आठ विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । त्यो खेलमा इङ्ल्यान्ड दुई विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण