आयोगद्वारा नागढुंगा सुरुङमार्ग अनुगमन, भौतिक प्रगति ७६ प्रतिशतभन्दा बढी
काठमाडौँ । राष्ट्रिय योजना आयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । आइतबार आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा आयोजना स्थल पुगेर अनुगमन गरिएको हो ।
टोलीले आयोजनाको प्रगति, समस्या लगायतका विषयमा जानकारी लिएको छ । अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुयाँललाई ब्रिफिङ गर्दै आयोजना निर्देशक रमेश कोइरालाले भौतिक प्रगति ७६ प्रतिशतभन्दा बढी र वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए ।
आयोजनाका लागि पछिल्लो समय १८ महिना थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने उनले बताए ।
यद्यपि, अनुगमनका क्रममा केही समस्याहरू भने देखिएका छन् । आयोगका सदस्य डा. फुयाँलका अनुसार केही कित्ताहरूको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने केही चुनौतीहरू रहेका छन् ।
‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या भएको रहेछ’ अनुगमन टोलीका संयोजक डा. फुयाँलले भने, ‘अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।’ माथि देखिएका समस्याहरू कसरी समाधान गर्ने भन्ने विषयमा आयोजनाले सोच्नु पर्ने उनले बताए । माथिका समस्याहरू समाधान गर्न सके सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको उनको निष्कर्ष छ ।
अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरू समेत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण