टर्बो गेमिङ डिस्प्ले चिपसहित जीटी २० प्रो नेपाली बजारमा
काठमाडौँ । इन्फिनिक्सले जीटी २० प्रो नेपाली बजारमा लन्च गरेको छ । यो नयाँ स्मार्टफोन युरोप, मध्य पूर्व र अफ्रिका (ईएमईए) र मध्य र दक्षिण एशिया (सीएसए) क्षेत्रहरूमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा रहेको छ ।
यस फोनमा मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम ओक्टाकोरको साथ आउँछ । यसमा १२जीबी एलपीडीडीआर ५ एक्स र्याम र यूएफएस ३.१ २५६ जीबी स्टोरेजको साथ पाइन्छ ।
यसले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ । पिक्सेल वर्क्ससँग साझेदारी गरेर एक्स फाइभ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ ।
यसमा ४५ वाट सुरक्षित चार्जिङसहित ५,००० एमएएच ब्याट्री रहेको छ । यो फोनमा १०८ एमपी ओआईएस मुख्य सेन्सर, २ एमपी टेलिफोटो लेन्स र २ एमपी म्याक्रो लेन्स सहितको क्वाड–क्यामेरा सेटअप छ। ३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फीहरू र उच्च गुणस्तरीय भिडियो कलहरू सुनिश्चित गर्दछ।
यो फोन मेचा ब्लू, ओरेन्स र सिल्भर रङहरूमा उपलब्ध छ। यो स्मार्टफोनको मूल्य १२ं२५६ जीबीको लागि ४७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो मोबाइल आउटलेटहरू र अनलाइनमा दराजमार्फत खरिद गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटनपछि कहिलेदेखि चल्न थाल्छन् नागढुंगा सुरुङमार्गमा गाडी ?
-
मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण