स्ट्राइकर भार्गाको गालाको हड्डी भाँचिएपछि शल्यक्रियाको तयारी
काठमाडौँ । युरोकप फुटबलको सोमबार बिहान सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा गम्भीर घाइते भएका हंगेरीका स्ट्राइकर बर्नाबस भार्गाको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ ।
२९ वर्षीय स्ट्राइकर भार्गा स्कटल्यान्डका गोलरक्षक एङ्गस गनसँग ठोक्किएर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
भार्गाको गालाको हड्डी भाँचिएको समाचारमा जनाइएको छ । हंगेरीका प्रशिक्षक मार्को रोसीका अनुसार, भार्गाको शल्यक्रिया गर्ने तयारी भइरहेको छ ।
‘भार्गाको स्वास्थ्य अवस्था स्थिर छ । उनको गालाको हड्डी भाँचिएको छ । शल्यक्रियाको तयारी भइरहेको छ,’ प्रशिक्षक मार्को रोसीले भनेका छन् । प्रशिक्षक रोसीले भार्गोको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पनि बताएका छन् ।
उक्त खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको थियो । खेल जिते पनि हंगेरी समूह ‘ए’ बाट विजेता वा उप–विजेता बनेर प्रतियोगिताको नकआउट चरणमा पुग्न असफल भयो ।
त्यो समूहबाट जर्मनी पहिलो र स्विट्जरल्यान्ड दोस्रो हुँदै अगाडि बढे । तर, तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा पुग्ने हंगेरीको सम्भावना भने कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० मेगावाट माथिका आयोजनाको पीपीएमा बजेट मौन : १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना अन्योलमा
-
बसपार्क क्षेत्रका घर भत्काउन अदालतले रोकेपछि रिसाए पोखराका मेयर
-
नेपाली आँप आउन थाल्यो बजारमा (तस्बिरहरू)
-
भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
-
सशस्त्रका १५ एसएसपीको सरुवा र ८ जनाको पदस्थापना
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण