गैरकानुनी ढंगले नेपाली महिलालाई कुवेत पठाउने काम रोकौँ : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई कुवेतमा गैरकानुनी रूपमा पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले पछिल्लो ६ महिनामा १० हजार नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पठाउने काम भएको बताए ।
‘पछिल्लो ६ महिनाभित्र १० हजार नेपाली महिला दिदी बहिनीहरु गैरकानुनी बाटोबाट त्यहाँ (कुवेत) पुगेको सूचना प्राप्त भयो । कुवेतमा घरेलु कामदार पठाउन बन्द गरौँ । सरकारले ढोका बन्द गरे पनि झ्याल खुला राखिदियो । झ्याल कुरा राखिदिँदा नेपाली दिदी बहिनीले साह्रै दुःख पाइराखेका छन्,’ उनले भने ।
नेपाली महिला दिदी बहिनीलाई नेपालबाट सेटिङ गरेर दुबई हुँदै कुवेत पुर्याउने काम रोक्न सरकारको पूर्ण रुपमा ध्यानाकृष्ट हुनुपर्ने गुरुङले बताए । ‘महिला दिदी बहिनीलाई गैरकानुनी रूपमा कुवेत पुर्याउने कार्य तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।
कुवेतमा ४१ हजार नेपाली महिला रहेका भन्दै यी मध्य २७ हजार महिला दिदी बिहिनी गैरकानुनी रहेको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी