गैरकानुनी ढंगले नेपाली महिलालाई कुवेत पठाउने काम रोकौँ : उपसभापति गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई कुवेतमा गैरकानुनी रूपमा पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले पछिल्लो ६ महिनामा १० हजार नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पठाउने काम भएको बताए ।
‘पछिल्लो ६ महिनाभित्र १० हजार नेपाली महिला दिदी बहिनीहरु गैरकानुनी बाटोबाट त्यहाँ (कुवेत) पुगेको सूचना प्राप्त भयो । कुवेतमा घरेलु कामदार पठाउन बन्द गरौँ । सरकारले ढोका बन्द गरे पनि झ्याल खुला राखिदियो । झ्याल कुरा राखिदिँदा नेपाली दिदी बहिनीले साह्रै दुःख पाइराखेका छन्,’ उनले भने ।
नेपाली महिला दिदी बहिनीलाई नेपालबाट सेटिङ गरेर दुबई हुँदै कुवेत पुर्याउने काम रोक्न सरकारको पूर्ण रुपमा ध्यानाकृष्ट हुनुपर्ने गुरुङले बताए । ‘महिला दिदी बहिनीलाई गैरकानुनी रूपमा कुवेत पुर्याउने कार्य तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।
कुवेतमा ४१ हजार नेपाली महिला रहेका भन्दै यी मध्य २७ हजार महिला दिदी बिहिनी गैरकानुनी रहेको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण