इरानमा बन्धक पाँच चेलीको उद्धार गर्न सांसद पौडेलको माग
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला (पौडेल) ले इरानमा बन्धक बनाइएकी पाँच नेपाली महिलाको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले पाँच महिनादेखि पाँच जना नेपाली महिला इरानमा बन्धक रहेको बताइन् ।
‘इरानमा अहिले पनि ५ जना हाम्रा चेलीहरू पाँच महिनादेखि बन्धक भनेर समाचार आएको छ । अब कति दिन महिलालाई अवैधानिक बाटोबाट इरान पठाएर काम गर्न लाउने हो (श्रम) मन्त्रीज्यू ? कति दिन उनीहरूको श्रम शोषण गर्ने हो, कति दिन उनीहरूको शारीरिक शोषण गर्ने हो ?,’ उनको प्रश्न छ, ‘अब सोच्ने बेला आइसकेको छ । बन्धक भएका पाँच जना दिदी बहिनीको तत्काल उद्धार गरी नेपाल ल्याउन माग गर्दैछु ।’
मन्त्री भनेको कुर्सीमा बस्न मात्रै होइन भन्दै हरेक समस्याको समाधान गर्नका लागि भएको उनको भनाइ थियो । श्रममन्त्री डोलप्रसाद अर्याललाई लक्षित गर्दै सांसद पौडेलले म्यानपावर कम्पनीको मालिक श्रममन्त्री हुन नसक्ने बताइन् ।
‘त्यसैले म्यानपावर कम्पनीको मालिक मन्त्री हुन सक्दैन । श्रम मन्त्रालय भनेको श्रमिकको हो । श्रमिकको हितमा काम गर्न सुरु गर्नुहोस् ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण