महिला कर्मचारीको मातृत्व अधिकारमा सुनिश्चित गरियोस् : तोसिमा कार्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरिका सरकारी र निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गर्ने माग गरेकी हुन् ।
‘देशैभरिका महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्नका लागि देशभरिका सरकारी र निजी कार्यालयमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्रको व्यवस्था गरियोस्,’ उनले भनिन् ।
लैङ्गिक समानताको नारा लगाए पनि कार्यस्थलहरू लैङ्गिकमत्री नभएको उनको गुनासो छ । बराबर तलब, स्रोत साधनमा बराबर पहुँच, कार्यस्थलमा दुर्व्यवहार र विभेद लगायत धेरै कुरामा सुधार आवश्यक रहेको सांसद कार्कीले बताइन् ।
विशेष गरी सुत्केरी र गर्भवती महिला कर्मचारी श्रम हकमा सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिइन् । ‘सिंहदरबारभित्र महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत रहेको शिशु स्याहार केन्द्रमा निजामती कर्मचारीका ७५ जना शिशु राख्ने गरिएको छ । जहाँ एक आयाले धेरै बच्चा हेर्नुपर्ने अवस्था छ । त्यहाँ कर्मचारी थप्नुपर्ने र बच्चाले खेल्ने ठाउँ बनाउनुपर्नेमा यो पालि बजेट घटाइएको छ । अब कर्मचारीले दोब्बर दस्तुर तिर्नुपर्ने छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण