म संसारकै भाग्यमानी छु झैँ लाग्छ: समीक्षा अधिकारी
काठमाडौँ । गायिका समीक्षा अधिकारीले रिस राग र डाहा मनमा पालेर केही नहुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली भएको उल्लेख गर्दै सो क्रममा धेरैको साथ पाएकाले आफूलाई संसारकै भाग्यमानी ठान्ने गरेको बताइन् ।
‘सबैलाई एक दिन मर्नु नै पर्छ। बाँचुन्जेल रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र ?’ अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त। मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ।’
उनले आफू सबै कलाकारको सफलतामा खुसी हुने गरेको पनि बताएकी छन् । ‘असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति। म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस्। रुँदै हिँड्न नपरोस्’, अधिकारीको भनाइ छ ।
अधिकारी पछिल्लो समयकी चर्चित गायिका हुन् । उनी हाल देश–विदेशमा आफ्नो साङ्गीतिक प्रस्तुतिमा व्यस्त रहँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण