चन्द्रमाको ढुंगा लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

बेइजिङ । चन्द्रमाको ढुंगा लिएर चिनियाँ चन्द्र यान पृथ्वीमा फर्किएको छ । अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर हिस्साको चट्टानहरू ल्याउन भनेर पठाइएको सो यान मंगलबार फकिएको हो ।
यस्तो खालको यो पहिलो प्रयास थियो । झन्डै दुई महिनाको मिसन पूरा गरेर चाङ्ग’इ–सिक्स भित्री मंगोलियाको मरुभूमिमा अवतरित भएको छ ।
पृथ्वीबाट देख्न नसकिने चन्द्रामाको सुदूर हिस्सामा यान अवतरण गर्ने चीन एक मात्रै देश हो । यसअघि सन् २०१९ मा पनि चीनले यो सफलता पाइसकेको थियो । दूरीका कारण पनि यहाँसम्म जानु नै निकै चुनौती पूर्ण काम हो । चन्द्रमाको यो हस्सिाको भूभागमा विशाल खाल्डाखुल्डी छन् । यहाँ समतल ठाउँ निकै कम छन् ।
यो भूभागप्रति वैज्ञानिकहरूको रुचि धेरै छ । यहाँ बरफको कुनै संकेत पाइन्छ कि भन्ने आशा उनीहरूको छ । यो मिसन चीनको लागि गर्वको विषय बनेको छ । चीनको यो मिसनले अमेरिका जस्ता प्रतिस्पर्धी देशहरूको समेत ध्यान खिचेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने