चन्द्रमाको ढुंगा लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान
बेइजिङ । चन्द्रमाको ढुंगा लिएर चिनियाँ चन्द्र यान पृथ्वीमा फर्किएको छ । अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर हिस्साको चट्टानहरू ल्याउन भनेर पठाइएको सो यान मंगलबार फकिएको हो ।
यस्तो खालको यो पहिलो प्रयास थियो । झन्डै दुई महिनाको मिसन पूरा गरेर चाङ्ग’इ–सिक्स भित्री मंगोलियाको मरुभूमिमा अवतरित भएको छ ।
पृथ्वीबाट देख्न नसकिने चन्द्रामाको सुदूर हिस्सामा यान अवतरण गर्ने चीन एक मात्रै देश हो । यसअघि सन् २०१९ मा पनि चीनले यो सफलता पाइसकेको थियो । दूरीका कारण पनि यहाँसम्म जानु नै निकै चुनौती पूर्ण काम हो । चन्द्रमाको यो हस्सिाको भूभागमा विशाल खाल्डाखुल्डी छन् । यहाँ समतल ठाउँ निकै कम छन् ।
यो भूभागप्रति वैज्ञानिकहरूको रुचि धेरै छ । यहाँ बरफको कुनै संकेत पाइन्छ कि भन्ने आशा उनीहरूको छ । यो मिसन चीनको लागि गर्वको विषय बनेको छ । चीनको यो मिसनले अमेरिका जस्ता प्रतिस्पर्धी देशहरूको समेत ध्यान खिचेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण