बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रुसका पूर्वप्रधानमन्त्री र सेना प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

मङ्गलबार, ११ असार २०८१, २३ : ०२
मङ्गलबार, ११ असार २०८१

हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पूर्वरुसी प्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।

दुबैलाई नागरिक पूर्वाधार र बिजुली नेटवर्कमा मिसाइल आक्रमणको आदेश दिएको आरोप लगाइएको छ। रुस अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन। उसले यो घोषणालाई अस्वीकार गर्दै यसको कुनै महत्त्व नभएको बताएको छ ।

यता युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरेकोले रुसी अपराधहरू दण्डित हुने निश्चित रहेको बताए।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप