रुसका पूर्वप्रधानमन्त्री र सेना प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी
मङ्गलबार, ११ असार २०८१, २३ : ०२
हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पूर्वरुसी प्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।
दुबैलाई नागरिक पूर्वाधार र बिजुली नेटवर्कमा मिसाइल आक्रमणको आदेश दिएको आरोप लगाइएको छ। रुस अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन। उसले यो घोषणालाई अस्वीकार गर्दै यसको कुनै महत्त्व नभएको बताएको छ ।
यता युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरेकोले रुसी अपराधहरू दण्डित हुने निश्चित रहेको बताए।
गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण