बाढी पहिरोले साढे ५०० मेगावाट बिजुली उत्पादन प्रभावित
काठमाडौँ । वर्षायाम सुरु भएसँगै सुरु भएको बाढी पहिराले जलविद्युत आयोजनाको उत्पादन प्रभावित बनेको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार साढे ५०० मेगावाट क्षमताका आयोजनाको उत्पादन प्रभावित बनेको हो ।
‘बाढी र लेदोका कारण देशैभरका साढे ५०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्,’ प्रवक्ता चन्दनकुमार घोषले भने । यसबाट विद्युत् उत्पादनमा ठुलो क्षति भएको प्राधिकरणले जनाएको छ । चालू वर्षमा थपिएको आयोजनासहित गरी कूल जडित क्षमता ३१ सय ६३ मेगावाट पुगेको छ ।
तर साढे ५०० मेगावाट क्षमताका कयौँ आयोजनाको उत्पादन प्रभावित बन्दा भारततर्फको निर्यातसँगै आन्तरिक वितरण नै प्रभावित बनेको प्राधिकरणले जनाएको छ । हालसम्म लिखु र सोलु करिडोरमा आधारित आयोजना प्रभावित बन्दा समस्या भएको हो । प्राधिकरणले वर्षायाम सुरु भएपछि भारतबाट आयात हुने बिजुली कटौती गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले ठुलो क्षति नभए पनि आयोजनाको उत्पादन प्रभावित भइरहेको बताए । ‘रातभर वर्षा हुँदा बाढीको डरले आयोजना बन्द
गर्नुपर्छ । रातभर लेदो आएर थुप्रिन्छ,’ खतिवडाले भने, ‘बिहान सफा गर्नै ५/७ घण्टा लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण