बाढी पहिरोले साढे ५०० मेगावाट बिजुली उत्पादन प्रभावित

काठमाडौँ । वर्षायाम सुरु भएसँगै सुरु भएको बाढी पहिराले जलविद्युत आयोजनाको उत्पादन प्रभावित बनेको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार साढे ५०० मेगावाट क्षमताका आयोजनाको उत्पादन प्रभावित बनेको हो ।
‘बाढी र लेदोका कारण देशैभरका साढे ५०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्,’ प्रवक्ता चन्दनकुमार घोषले भने । यसबाट विद्युत् उत्पादनमा ठुलो क्षति भएको प्राधिकरणले जनाएको छ । चालू वर्षमा थपिएको आयोजनासहित गरी कूल जडित क्षमता ३१ सय ६३ मेगावाट पुगेको छ ।
तर साढे ५०० मेगावाट क्षमताका कयौँ आयोजनाको उत्पादन प्रभावित बन्दा भारततर्फको निर्यातसँगै आन्तरिक वितरण नै प्रभावित बनेको प्राधिकरणले जनाएको छ । हालसम्म लिखु र सोलु करिडोरमा आधारित आयोजना प्रभावित बन्दा समस्या भएको हो । प्राधिकरणले वर्षायाम सुरु भएपछि भारतबाट आयात हुने बिजुली कटौती गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले ठुलो क्षति नभए पनि आयोजनाको उत्पादन प्रभावित भइरहेको बताए । ‘रातभर वर्षा हुँदा बाढीको डरले आयोजना बन्द
गर्नुपर्छ । रातभर लेदो आएर थुप्रिन्छ,’ खतिवडाले भने, ‘बिहान सफा गर्नै ५/७ घण्टा लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल