मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)
बिहीबार, २० वैशाख २०७५, ११ : ०७

जनकपुर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको भ्रमण गर्ने तय भएपछि त्यसको तयारीमा प्रदेश सरकार र स्थानीय सरकार जुटेको छ ।
जनकपुरको रंग रोगनदेखि लिएर सरसफाइमा प्रदेश दुईका सरकार लागिपरिरहेको छ । प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाई गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाई थालिएको छ ।
आजै बिहान पनि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा प्रदेशमा मन्त्री, राजनीतिक दलका नेता तथा कार्यकर्ता सफाईमा जुटे । मुख्यमन्त्री नेतृत्वको टोलीले जानकी मन्दिर परिसर सफाई गरेको हो । टोलीको बाह्रविघासम्म जाने योजना भएपनि पानी पर्न थालेपछि जानकी मन्दिर परिसरमात्रै सफाई गरिएको थियो ।
सफाई कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको समेत उपस्थिति पनि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो