मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)
बिहीबार, २० वैशाख २०७५, ११ : ०७
जनकपुर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको भ्रमण गर्ने तय भएपछि त्यसको तयारीमा प्रदेश सरकार र स्थानीय सरकार जुटेको छ ।
जनकपुरको रंग रोगनदेखि लिएर सरसफाइमा प्रदेश दुईका सरकार लागिपरिरहेको छ । प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाई गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाई थालिएको छ ।
आजै बिहान पनि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा प्रदेशमा मन्त्री, राजनीतिक दलका नेता तथा कार्यकर्ता सफाईमा जुटे । मुख्यमन्त्री नेतृत्वको टोलीले जानकी मन्दिर परिसर सफाई गरेको हो । टोलीको बाह्रविघासम्म जाने योजना भएपनि पानी पर्न थालेपछि जानकी मन्दिर परिसरमात्रै सफाई गरिएको थियो ।
सफाई कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको समेत उपस्थिति पनि थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण