रोमानिया समूह विजेता, बेल्जियम र स्लोभाकिया पनि अन्तिम १६ मा
बिहीबार, १३ असार २०८१, ०० : ००
काठमाडौँ । स्लोभाकियासँग बराबरी खेल्दै रोमानिया समूह ईको विजेता बन्दै युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्न सफल भएको हो ।
फ्रांकफर्टमा भएको रोमाञ्चक खेल १–१ को बराबरीमा टुङ्गियो । ओन्ड्रेज डुडाले २४ औँ मिनेटमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । तर, ३७ औँ मिनेटमा राजभान मरिनले गोल गरेपछि खेल बराबरीमा टुङ्गियो ।

उता, समूहको अन्य खेलमा बेल्जियम र युक्रेनले पनि गोलरहित बराबरी खेले । दुवै खेल बराबरीमा सकिएपछि सबै टोलीले ४–४ अङ्क बटुल्दै समूह चरणको खेल सकियो ।
समान अङ्क भए पनि रोमानिया शीर्ष स्थानमा रह्यो भने बेल्जियम दोस्रो र स्लोभाकिया तेस्रो स्थानमा कायम रह्यो । चौथो स्थानमा रहेको युक्रेनको समान अङ्क भए पनि गोल अन्तरको आधारमा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण