बिहेको निम्तो दिन सलमान खानको घरमै पुगे अनन्त अम्बानी
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी छिटै राधिका मर्चेन्टसँग विवाह गर्दैछन् । बिहेको दिन नजिकिँदै गर्दा अनन्त निकै व्यस्त देखिएका छन् । अनन्त हालै आफ्नो बिहेको निम्तो दिन आफैँ बलिउड अभिनेता सलमान खानको घरमा पुगेका थिए ।
उनी सुरक्षा गार्डको साथमा बान्द्रास्थित सलमानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेका थिए । सशस्त्र अङ्गरक्षक र सुरक्षाकर्मीहरूले घेरिएका कारहरू सलमानको घर बाहिर लाइन लागेको थियो । बैजनी रंगको परम्परागत पोसाकमा सजिएका हुनेवाला दुलाहाले आफ्नै हातले सलमानलाई बिहेको निम्तो दिएका थिए ।
अनन्त र सलमानबिच निकै राम्रो सम्बन्ध छ । सलमानको घर जानुअघि अनन्त बिहेको निम्तो बाँड्न अक्षयकुमार र अजय देवगनको घरमा गएका थिए । अनन्त र राधिकाको विवाहको तयारी यतिबेला तीव्र रूपमा भइरहेको छ । अतिथिको सूचीमा बलिउड चर्चित स्टार, व्यापारी र अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू पनि छन् । मिडिया रिपोर्टकाअनुसार विवाह समारोह जुलाई १२ मा सुरु भएर जुलाई १४ मा भव्य पार्टीको साथमा सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण