विज्ञान प्रविधि सम्बन्धी दुईवटा विधेयकमा त्रिविका प्राध्यापकहरूसँग छलफल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्राध्यापक तथा विद्यार्थीहरूसँग छलफल गरेको छ । विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोष सम्बन्धी विधेयकको मस्यौदामाथि छलफल गरेको हो ।
विपि कोइराला विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा आयोजित कार्यक्रममा त्रिविका रसायनशास्त्र केन्द्रीय विभाग, कम्प्युटर विज्ञान केन्द्रीय विभाग, भौतिक शास्त्र केन्द्रीय विभाग, गणीतशास्त्र केन्द्रीय विभाग, जैविक प्रविधि केन्द्रीय विभाग, तथ्याङ्क शास्त्र केन्द्रीय विभाग, वातावरण विज्ञान केन्द्रीय विभाग, वनस्पति विज्ञान केन्द्रीय विभाग, प्राणी शास्त्र केन्द्रीय विभाग, माइक्रोबायोलोजी केन्द्रीय विभाग लगायतका विभागहरूबाट प्रतिनिधिहरु उपस्थित थिए ।
दुबै विधेयकका बारेमा भएका सैद्धान्तिक व्यवस्थाहरूका मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सचिव विश्वबाबु पुडासैनी लगायतले प्रस्तुतीकरण गरेका थिए । छलफलमा भाग लिँदै सहभागीहरूले विश्वविद्यालय भित्र हुने अनुसन्धानलाई विधेयकले प्राथमिकीरण र लगानी बढाउनुपर्ने, अनुसन्धानकर्ताहरूको मनोबल उच्च गराउन राज्यले भूमिका खेल्नु पर्ने, अनुसन्धानमा हुने प्रक्रियागत झन्झटलाई कम गर्नुपर्ने बताएका थिए ।
सुझावका लागि दुवै विधेयकको मस्यौदा मन्त्रालयको वेवसाइटमा पनि सार्वजनिक गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दुवै विधेयकका मस्यौदामा सरोकारवालाको सुझाव लिएर सुझाव अनुसार मस्यौदा संशोधन गरेर मन्त्रीपरिषद्मा लैजाने तयारी गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण