हतारमा पार्टी एकताभन्दा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई जोड दिइन्छ : प्रधानमन्त्री प्रचण्ड
भरतपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, “हामी तत्काल र हतारमा पार्टी एकता वा वामपन्थी एकता गर्ने पक्षमा छैनौँ । धेरै राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो, त्यसकारण वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ ।”
राम्रो सहकार्य गरेर जाँदा जनताले देख्नेगरी काम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले प्रचण्डले सतर्कताका साथ आफूहरू अघि बढेको स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले यस वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताए । उनले भने, “पोहोर साल मलको खासै अभाव भएको सुनिएन । यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन ।”
चितवनका केरा किसानलाई बीमा बापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । उनले जनताले अनुभूत गर्नेगरी परिणाम दिन सरकार क्रियाशील रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण