स्थान्तरण विवाद
भक्तपुरको बालसुधार गृहमा झडप
शुक्रबार, १४ असार २०८१, २२ : २९
काठमाडौँ । भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा झडप भएको छ । सुधार गृहमा बसेका ७ जनालाई शुक्रबार अन्यत्र सार्न खोजेपछि विवाद भएर झडप भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले रातोपाटीलाई बताए ।
भक्तपुरका एसपी वेद विष्ट आफ्नो टिम लिएर घटनास्थलमा पुगेका छन् । घटनास्थलमा थप मद्दत पठाउन लागिएको एआईजी थापाले जानकारी दिए । ४ भदौ २०८० मा पनि सो बाल सुधार गृहमा झडप भएको थियो ।
सुधार गृहमा १८ वर्षभन्दा माथिका थुनुवा पनि बस्ने हुनाले बेला बेला यस्ता घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण