स्थान्तरण विवाद
भक्तपुरको बालसुधार गृहमा झडप
शुक्रबार, १४ असार २०८१, २२ : २९

काठमाडौँ । भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा झडप भएको छ । सुधार गृहमा बसेका ७ जनालाई शुक्रबार अन्यत्र सार्न खोजेपछि विवाद भएर झडप भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले रातोपाटीलाई बताए ।
भक्तपुरका एसपी वेद विष्ट आफ्नो टिम लिएर घटनास्थलमा पुगेका छन् । घटनास्थलमा थप मद्दत पठाउन लागिएको एआईजी थापाले जानकारी दिए । ४ भदौ २०८० मा पनि सो बाल सुधार गृहमा झडप भएको थियो ।
सुधार गृहमा १८ वर्षभन्दा माथिका थुनुवा पनि बस्ने हुनाले बेला बेला यस्ता घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत
-
श्रमिकको आम्दानी उत्पादकत्वसँग जोडेर निर्धारण गर्नुपर्छ
-
‘साना र ठुला उद्योगको न्यूनतम पारिश्रमिक फरक हुनुपर्छ’
-
चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा
-
राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै
-
नीतिगत तहमा रोजगारदाता हाबी हुँदा श्रमिकलाई समस्या