ग्रान्डीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
काठमाडौँ । टोखा नगरपालिका-३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको हो । स्विमिङ गर्ने क्रममा डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यता महोत्तरीको भंगाहा नगरपालिका-८ अनारमन बस्ने ८० वर्षीय महेश राय यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।
त्यस्तै, नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ राम मन्दिर नजिकै नारायणी नदीमा डुबेर सोही नगरपालिका-६ गैह्री बस्ने नेत्र बहादुर नेपालीको छोरा ८ वर्षीय युनिस नेपालीको मृत्यु भएको छ । बुधबार साँझ नदी किनारमा पार्किङ गरी राखेको काठको डुङ्गामा खेल्ने क्रममा चिप्लिएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शनिबार बिहान शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण