बाढीपहिरो पीडितलाई राहतको व्यवस्था मिलाउन राष्ट्रिय जनमोर्चाको माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाढीपहिरोमा परी घरबारविहीन भएकालाई यथाशीघ्र राहतका साथै उचित बसोबासको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् । उद्धार पछिको राहत, क्षतिपूर्ति तथा स्वास्थ्य उपचार लगायतका विषयलाई समेत केन्द्रमा राखेर योजना बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिएका हुन् ।
मनसुन सुरु भएको प्रारम्भिक दिनहरूमा समेत वर्षाले मच्चाएको विध्वंस र त्यसबाट उत्पन्न क्षतिलाई हेर्दा सरकारका विभिन्न निकायहरू, मौसम विभाग, विपद् व्यवस्थापन, रोकथाम, उद्धार लगायतलाई अझै बढी सतर्क र क्रियाशील गराउनु पर्ने आवश्यकता देखिएको पार्टीको भनाई छ । केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समयमा नै यो विषयमा ध्यान जान नसके आगामी दिनमा अझ थप क्षति हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसैले त्यो अवस्था आउन नदिन सरकारले सुरुमै ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिन्छौँ ।
बाढी पहिरोमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति पार्टीले समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको यथोचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण