फष्टलुकमा यस्तो देखियो विराजको ‘१२ गाउँ’
काठमाडौँ । अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा डेब्यु अभिनेता समीर भट्टले प्राथमिकता पाएको छ । समीर निर्देशक भट्टका छोरा हुन् ।
समिरले भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका छन् । आगामी दसैँमा प्रदर्शनमा आउने ‘१२ गाउँ’ अहिले छायाङ्कनको अन्तिम चरणमा छ ।
फिल्ममा समिरको अलवा अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । बिराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शङ्कर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय फिल्ममा रहनेछ ।
बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा अर्जुन पोखरेल र निरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
एक्सन– थ्रिलर कथामा बन्न लागेको फिल्ममा लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शङ्कर महर्जनले सघाएका छन् । महेश पौडेलको छायाङ्कन रहेको फिल्मको काठमाडौँ, ललितपुर, वीरगन्ज र हेटौँडामा पनि छायाङ्कन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण