प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड
काठमाडौँ । प्रभु बैंक लि. ले भिजा ईन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नवीनतम सुविधा सहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा एक समारोहबिच आजदेखि सञ्चालनमा ल्याएको छ । यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिन्छ ।
प्रभु बिजनेस डेबिट कार्ड बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको हो । यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।
व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठुला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।
बिजनेस डेबिट कार्डको मद्दतले भुक्तानी आवश्यकताहरू लाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण