लोकतन्त्रलाई जसरी लानुपर्ने हो लैजान सकिएको छैन : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लोकतन्त्रलाई जसरी लैजानुपर्ने हो त्यसरी लैजान नसकिएको बताएका छन् ।
काठमाडौँमा नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष केसीले लोकतन्त्र वा गणतन्त्र अप्ठेरो परेका बेला यो पार्टी स्थापना भएको भन्दै लोकतन्त्रलाई अघि बढाउन सबै दल एकजुट हुनुपर्ने बताए । ‘अहिलेको लोकतन्त्र या गणतन्त्र यिनै पार्टीको योगदानबाट आएको हो । यद्यपि यसलाई जसरी लैजानुपर्ने हो लान सकिएको छैन’, केसीले भने, ‘देशको राष्ट्रिय एकता सार्वभौमसत्ता र एकताका लागि हामी सबै एकै ठाउँमा उभिनुपर्छ ।’
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले समाजको विभाजन रोक्न समावेशी र न्यायपूर्ण समाज निर्माणमा सबैको योगदान हुनुपर्ने बताइन् । उनले लोकतन्त्र र मानवअधिकारको रक्षा गर्दै दिगो विकासको पक्षमा आफ्नो पार्टी लाग्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण