एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीसँग एकताको प्रयास जारी रहेको बताएका छन् । एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार राजधानीमा सम्बोधन गर्दै उनले समाजवादी मोर्चा मार्फत एकताको प्रयास जारी रहेको बताएका हुन् । साथै उनले यो महाधिवेशनले त्यसतर्फ ठोस निर्णय लिनेमा विश्वास व्यक्त गरेका छन् ।
‘निर्वाचनअघि र पछि समाजवादी मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौँ । मलाई लाग्छ यो महाधिवेशनले त्यो दिशामा ठोस निर्णय गरोस् । हामी चाहन्छौँ देशका सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर सुशासन सामाजिक, न्याय र समृद्धिको सम्बोधन गर्न सकियोस्’, प्रचण्डले भने ।
साथै एकीकृत समाजवादीले तयार गरेको राजनीतिक दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा उनले असन्तुष्टि पोखेका छन् । आफू अस्थिर नभएको भए देशमा संविधान सभा, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रसमेत नआउने प्रचण्डले दाबी गरे ।
‘तपाईँको दस्ताबेजमा अन्य शक्तिभन्दा माओवादी केन्द्रलाई नजिकको शक्ति भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर भन्नुभएको छ । हरेक पार्टीलाई अर्को पार्टीप्रति दृष्टिकोण बनाउनु आवश्यक छ । तर म यति भन्छु प्रचण्ड अलि अस्थिर नभएको भए संविधानसभा, लोकतान्त्रिक गणतन्त्र स्थापना हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए शान्ति सम्झौता पनि हुँदैनथ्यो । तपाईँले उद्धृत गरेको अस्थिर नभएको भए अहिले हामी यहाँ आइपुग्ने नै थिएनौँ’, उनले भने ।
द्वन्द्वात्मक भौतिकवादको गतिशीलता के हो ? किलो बाँधेर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरी जस्तो मार्क्सवाद हो कि गडगडाउँदो नदी जस्तो हुर्रिने मार्क्सवाद हो ? भन्नेतर्फ विचार गर्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण