प्रेम सुवालको प्रश्न : हवाईजहाज किन्न कर छुटको बुद्धि अर्थमन्त्रीलाई कहाँबाट आउँछ ?
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भन्सार महसुल विधेयक २०८१ मा राखिएका प्रावधानमाथि असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा डोको डालो लगायतका सामग्री आयात गर्न दिने व्यवस्था राखिएको विरोध जनाए ।
सो विधेयकमाथिको संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले प्रश्न गरे– ‘डोको डालो हामी बनाउन सक्दैनौँ ? नेपालीलाई केही गर्न नदिने ? यो मिल्दैन । अर्को भाग ४७ मा काठको वस्तु आयत गर्न दिने भनिएको छ । काठको वस्तु त हामी बनाइहाल्छौँ नि । कुन जिल्लामा छैन काठको वस्तु बनाउने काम ? अर्थमन्त्रीलाई थाहा नभए पनि नेपाली जनतालाई त थाहा छ नि काठको बस्तु बनाउने मान्छे यही छ भन्ने कुरा । भाग ४८ मा कागजका वस्तु ल्याउन दिने भनिएको छ । बागलुङ लगायतका जिल्लामा कति छन् कागज कारखाना । अर्थमन्त्रीको विदेशबाट ल्याउने अनि भन्सार लगाउने मात्रै ध्यान छ । यस्तो पनि हुन्छ ? पुस्तक छपाई पनि विदेशमा गर्ने, ऊन, कपास पनि विदेशबाट ल्याउने कुरा मिल्दैन ।’
सांसद सुवालले हवाईजहाज आयातमा कर छुट दिने कुटो कोदालोलाई कर लिने व्यवस्था राखेको भन्दै अर्थमन्त्रीलाई कहाँबाट यस्तो बुद्धि आएको भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण