तत्काल निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघका ५ पूर्वअध्यक्षको दबाब
काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूले महासंघको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सुझाव दिएका छन् ।
महासंघको नेतृत्व गरिसकेका वरिष्ठ पत्रकारहरू किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेबिच आइतबार भएको छलफलपछि उनीहरूले महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायतको विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हलगरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछौँ भनेका छन् ।
महासंघको साख र मर्यादा कायम गर्न पूर्वसभापति र अध्यक्षहरू आवश्यक सहजीकरणका गर्न पछि नपर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन् ।
नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघ भित्र पछिल्लो केहि दिनयताका काम कारबाही र गतिविधिहरु प्रति गम्भीर चिन्ता, चासो र सरोकार उनीहरूले व्यक्त गरेका छन् ।
‘लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था समेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौँ’ उनीहरूको भनाई छ ।
महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्नसक्ने हस्तक्षेप र राख्नसक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरुमा उनीहरूले अपिल गरेका छन् ।
यो धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गरिने छलफलमा सहभागी निष्ठुरीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण