बीआरआईबारे कांग्रेसको अडान : ऋण स्वीकार्य छैन

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने अडान लिएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ऋण लिएर बीआरआई कार्यान्वयन गर्न नसकिने अडान लिएको हो ।
बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले अनुदान नै कार्यान्वयन गर्न नसकिएका बेला ऋणको आकार थप्न नसक्ने बताए । ‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेशमन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो । बीआरआईको कार्यान्वयनका सन्दर्भमा ठुलो ऋणको बोझ भइसक्यो, ऋणको आकार बढाउँदै लैजान हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने ।
धेरै अनुदान सहयोग समेत कार्यान्वयन नभएको अवस्थामा अनुदान लिने गरेर मात्र यसलाई अघि बढाउनुपर्ने कांग्रेसको धारणमा महतले सुनाए । ‘अहिले ऋण लिने अवस्था छैन । एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत हामीले उपयोग गर्न सकेका छैनौँ भने थप ऋण लिएर विकास निर्माण अघि बढाउन सकिन्न,’ उनी भन्छन् ।
यस्तै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदान मात्र लिनुपर्ने कांग्रेसका धारणा रहेको बताए । उनले भने, ‘अनुदानलाई नेपाली कांग्रेस सहर्ष स्वीकार गर्दछ, तर ऋण लिन सक्षम छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना