बीआरआईबारे कांग्रेसको अडान : ऋण स्वीकार्य छैन
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने अडान लिएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ऋण लिएर बीआरआई कार्यान्वयन गर्न नसकिने अडान लिएको हो ।
बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले अनुदान नै कार्यान्वयन गर्न नसकिएका बेला ऋणको आकार थप्न नसक्ने बताए । ‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेशमन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो । बीआरआईको कार्यान्वयनका सन्दर्भमा ठुलो ऋणको बोझ भइसक्यो, ऋणको आकार बढाउँदै लैजान हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने ।
धेरै अनुदान सहयोग समेत कार्यान्वयन नभएको अवस्थामा अनुदान लिने गरेर मात्र यसलाई अघि बढाउनुपर्ने कांग्रेसको धारणमा महतले सुनाए । ‘अहिले ऋण लिने अवस्था छैन । एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत हामीले उपयोग गर्न सकेका छैनौँ भने थप ऋण लिएर विकास निर्माण अघि बढाउन सकिन्न,’ उनी भन्छन् ।
यस्तै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदान मात्र लिनुपर्ने कांग्रेसका धारणा रहेको बताए । उनले भने, ‘अनुदानलाई नेपाली कांग्रेस सहर्ष स्वीकार गर्दछ, तर ऋण लिन सक्षम छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण