प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राजनीतिक घटनाक्रमबारे ब्रिफिङ
मङ्गलबार, १८ असार २०८१, १३ : ५०
काठमाडौँ । सत्ता सङ्कट व्यहोरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग मङ्गलवार भेट गरेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रपति समक्ष विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको राष्ट्रपति प्रेस विज्ञ किरण पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
नेपाली काँग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भएको परिवेशमा शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको प्रक्रियामा जाने अडान लिएका छन् ।
बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रचण्डले राजीनामा नदिने निर्णय सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण