राजेन्द्र महतोले बोलाए विस्तारित बैठक
मङ्गलबार, १८ असार २०८१, १५ : ५०
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले विस्तारित बैठक बोलाएको छ । बैठक असार २० र २१ गते काठमाडौँमा बस्ने भएको हो ।
बैठकमा संगठन निर्माण, कार्यक्रम, कार्ययोजनालगायतको विषयमा छलफल हुने क्रान्तिका नेता सन्तोष मेहताले बताए । यसअघि बसेको विस्तारित बैठकले जेठ ७ देखि असार १ गतेसम्मका लागि तय गरेको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको छ । अब अगामी कार्यक्रम तथा कार्ययोजना र संघर्षका कार्यक्रम तय गर्नका लागि बैठक बस्न लागेको उनले बताए ।
विस्तारित बैठकमा प्रस्तुत हुने एजेन्डाको बारेमा छलफल गर्न मंगलबार राष्ट्रिय क्रान्ति फोरमको कोर ग्रुपको बैठक चलिरहेको छ । सो बैठकले एजेण्डा तय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण