क्यानको केन्द्रीय कार्यसमिति बैठक : विश्वकप समीक्षा मुख्य एजेन्डा
काठमाडौँ । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ –क्यान)को केन्द्रीय कार्यसमितिको बैठक आज बोलाइएको छ ।
बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरू तय गरिएका छन् । नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आइसीसी टी २० विश्वकपको समीक्षा, उक्त विश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ ।
यसैगरी सन्दीप लामिछानेको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ । सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटक अन्तर्वार्ता दिँदा पनि भिसा अस्वीकृत भएको थियो ।
यसैगरी, पहिलो संस्करण आयोजना गरेर निकै विवादित बनेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आयोजनाका बारेमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।
टियु मैदानमा रहेको जिम हल विस्तार र पीचको माटो भण्डारण क्षेत्रको विषयमा पनि छलफलका एजेन्डा तय गरिएको छ ।
यसैगरी मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति सम्बन्धमा पनि छलफल हुने छ भने राष्ट्रिय छनोट समितिको सुविधाका विषयमा पनि छलफलको एजेन्डामा तय गरिएको छ ।
महिलाको टी २० एसियाकपको सहभागिताका साथै कर्मचारीहरूको प्रशासनिक नियमावली पनि पारित गर्ने एजेन्डामा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026