माधव नेपाल अध्यक्षमा सर्वसम्मत हुने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए ।
‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’
यसअघि नेता घनश्याम भुसालले अध्यक्षमा दावेदारी गर्दै आएका थिए । तर छलफलका क्रममा उनले सहमतिमा आउने संकेत गरेसँगै नेपाल अध्यक्षमा सुरक्षित भएका हुन् । भुसाललाई महासचिव वा वरिष्ठ उपाध्यक्षमध्ये एक पदमा सुनिश्चित गर्ने तयारी भइरहेको एक नेताले बताए ।
ती नेताका अनुसार हाल २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्थामा थप सय जना केन्द्रीय सदस्य थपेर भए पनि सहमतिमै नयाँ केन्द्रीय कमिटी चयन गर्ने तयारी भइरहेको छ ।
यदि त्यसमा सहमति नजुटे पदाधिकारी बाहेकमा निर्वाचन गर्ने र महाधिवेशन सक्ने तयारी समेत भइरहेको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा चौथो दिन विभिन्न प्रतिवेदनहरू पारित भइसकेका छन् ।
सर्वसम्मत नेतृत्व चयन हुन्छ : माधव नेपाल
यसैबिच नेता माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौँस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेताहरूबिचको छलफलपछि सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने निष्कर्षमा पुगेको नेता नेपालको भनाइ छ । ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन’, नेपालको भनाइ छ ।
नेपालले यो महाधिवेशन पार्टीको पहिलो महाधिवेशन भएकाले अध्यक्षमा आफू दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने दाबी गरे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण