झलनाथको रवैयाप्रति रामकुमारीको असन्तुष्टि
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको रवैयाप्रति नेतृ रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छिन् ।
बिहीबार एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले माधव नेपाललाई अध्यक्ष, खनाललाई सम्मानित नेता र धनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको थियो ।
एकीकृत समाजवादीले बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यको शुक्रबार घोषणा गर्ने छ । तर सम्मानित नेता खनालले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सबै सर्वसम्मत भएको भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई घर पठाएको नेतृ झाँक्रीले उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्म गर्यौ/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य खै त खनाल कमरेड ?’
एकीकृत समाजवादीको महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण