पारा तथा विशेष खेलकुद : अकल र जेनिशालाई स्वर्ण
काठमाडौँ । अकल तामाङ र जेनिशा कडायतले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । व्हीलचेयरतर्फ २५ मिटर फ्रि स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा अकलले निर्धारित दूरी पूरा गर्न १८.६७ सेकेन्ड खर्चे । विराज भाट दोस्रो तथा विष्णुपुकार श्रेष्ठ तेस्रो भए । जेनिशाले निर्धारित दूरी तय गर्न ३४.४४ सेकेन्ड समय खर्चिन् । जुनु शाही दोस्रो तथा सङ्गीता माझी तेस्रो बने ।
जोरपाटीस्थित पिस क्लबमा भएको प्रतियोगिताको पुरुष स्टेन्डिङ २५ मिटर फ्रि स्टायलमा हर्कमान घर्ती मगरले स्वर्ण जिते । उनले १९.३२ सेकेन्ड समय लगाए । लिङजेन लामाले रजत तथा रमेश खत्रीले कांस्य जिते । सो स्पर्धाको महिलामा डा. समना गैरे पहिलो भइन् । समनाले १९.८८ सेकेन्डमा दूरी तय गरिन् । मन्नु चौधरी दोस्रो तथा पार्वती खत्री तेस्रो भए ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राखेपकी सदस्य विना श्रेष्ठ, राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । एक दिने प्रतियोगितामा ३० खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको अघिल्लो दिन बुधबार ५० खेलाडीलाई प्रशिक्षण गराइएको थियो । प्रशिक्षणमा समावेश खेलाडी मध्येबाट प्रतियोगिताका लागि ३० खेलाडी छनोट गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण