रामकृष्ण ढकाल र पाँच वर्षीया आर्या अभिनीत ‘मायाको घर’ सार्वजनिक
काठमाडौँ । लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकद्वय यम बराल र हेमन्त शर्मालाई साक्षी राख्दै सार्वजनिक गरिएको हो ।
गीतमा गोविन्द कँडेल ‘आँसु’ को शब्द, हरि लम्सालको सङ्गीत छ । कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । बाबु छोरीको कथा बुनिएको भिडियोमा गायक ढकाल र पाँच वर्षीय कलाकार आर्या भानीको अभिनय देख्न सकिन्छ । भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिका निर्वाह गरेका छन् । भिडियोलाई नव निर्देशक स्वीकृति सापकोटाले निर्देशन गरेकी छन् ।
कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले ढकाल नारायणगोपाल पछिको राम्रो गायक भएको बताए । उनले गायक ढकालका गीतहरु पहिले देखिनै मनपर्दै आएको बताउँदै यो गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गरे ।
गायक ढकालले भिडियोको कथा कहीँकतै हाम्रो नजिकमा मेल खाने बताए । उनले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए । निर्देशक सापकोटाले भिडियो समाजको बाहिर नआएको फरक कथा उतारेको जनाइन् । भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण