पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जनाएको हो ।
समितिले भनेको छ, ‘निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’
महासंघले यसअघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । उक्त समयमा निर्वाचन स्थगित गर्दै महासंघले यही असार २२ गते शनिबारका दिन मतदानको समय तय गरेको थियो । तर विविध कारणले उक्त समयमा पनि मतदानको कार्यक्रम गर्न नसकिने महासंघको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण