सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय
शुक्रबार, २१ असार २०८१, २१ : ०४

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो ।
जुलाई १ देखि लागू हुनेगरी उनलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । बलात्कार आरोप लागेपछि सन्दीप ग्रेडिङ बाहिर थिए । उनले उच्च अदालतबाट सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ।
क्यानले ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख रुपैयाँ पारिश्रमिक निर्धारण गरेको छ। यस्तै क्यानले सन्दीपले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा बधाई पनि दिएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स