सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय
शुक्रबार, २१ असार २०८१, २१ : ०४
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो ।
जुलाई १ देखि लागू हुनेगरी उनलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । बलात्कार आरोप लागेपछि सन्दीप ग्रेडिङ बाहिर थिए । उनले उच्च अदालतबाट सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ।
क्यानले ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख रुपैयाँ पारिश्रमिक निर्धारण गरेको छ। यस्तै क्यानले सन्दीपले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा बधाई पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण