नेपाल प्रिमियर लिग गर्ने क्यानको निर्णय
शुक्रबार, २१ असार २०८१, २१ : ३४

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग गर्ने भएको छ ।
बिहीबार बसेको क्यानको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा नेपाल प्रिमियर लिग गर्ने निर्णय गरेको हो ।
तर प्रतियोगिताको मिति तय भइनसकेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
यस्तै क्यानले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पिचहरूको पुनः निर्माण गरी स्तरोन्नति गर्ने पनि निर्णय गरेको छ । हाल सञ्चालनमा रहेको जिम हललाई व्यवस्थित गर्न विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरणहरू थप गर्ने पनि क्यानले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
Live Updates : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : नियमित हाजिरी चेक गर्दा प्रिसाको कोठाबाट आवाज नआएपछि...
-
पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
-
माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ
-
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह