मधेस सरकारबाट बाहिरिँदै माओवादी केन्द्र र एकीकृत समाजवादी
वीरगन्ज । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी आज मधेस प्रदेश सरकारबाट बाहिरिने भएका छन् । मुख्यमन्त्री शतिस सिंहलाई सयुक्त रुपमा राजीनामा बुझाएर सरकारबाट बाहिरिने तयारी गरेका हुन् ।
केन्द्रमा भएको सत्ता समीकरण फेरबदलका कारणले माओवादी र एकीकृत समाजवादीले शनिबार सरकारबाट बाहिरिन लागेका हुन् ।
माओवादीको तर्फबाट उद्योग मन्त्री बनेका युवराज भट्टराई (समीर) ले आजै सरकारबाट बाहिरिने तयारी गरेको बताए । माओवादी र एकीकृत समाजवादी सयुक्त रुपमा राजीनामा दिँदै सरकारबाट बाहिरिन लागेको उनले बताए ।
गएको जेठ २५ गते माओवादी र एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनमत पार्टीका शतिस सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि त्यसको सिधा असर मधेस सरकारमा परेको हो ।
प्रदेश सभामा माओवादीको ९ र एकीकृत समाजवादीको ७ जना प्रदेश सांसद छन् । उनीहरुले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् । तर एमाले र कांग्रेसले भने मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण