बाढी पहिरोले जनताको बिचल्ली छ, दलहरू सत्ताको दौडमा छन् : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार सामसुम पार्न दुई ठुला पार्टीको समीकरण बनेको हो भने नेपाली जनतालाई मान्य नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले संसद्को रोष्ट्रमबाट कसैले सफाइ दिए पनि नेपाली जनताले देखिरहेको र भोगिरहेको बताए । उनले भ्रष्टाचारबाट कुन पार्टी मुक्त र चोखो छ भन्दै प्रश्न गरे ।
‘को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? यसभन्दा पहिलेको जुन गठबन्धन बन्नुको पछाडि के थियो ?’, केसीको प्रश्न छ ।
उनले २०७४ मा वामपन्थी एकै ठाउँमा रहेको र त्यो सरकार भत्काउनुको अर्थ के हो भन्दै अघि भने, ‘सबै पार्टीको हविगत देखिएको छ । संसद्भित्रका साना ठुला, नयाँ पुराना सबैलाई नेपाली जनताले देखेका, जानेको र बुझेका छन् ।’
उनले आफ्नो भ्रष्टाचारलाई जोगाउन यो खेल भएको हो भने राम्रो कुरा नहुने भन्दै संसदीय व्यवस्था मान्नेले सबभन्दा ठुलो पार्टीले सरकार बनाउनुपर्नेमा त्यसो नगरी अहिले पनि दोस्रो ठुलो दलले सरकार बनाउन खोज्नु रहस्यमय भएको बताए ।
उनले दलहरूबाट जनता आक्रोशित भएको भन्दै लोकतन्त्र र गणतन्त्र दलहरूकै व्यवहारबाट खतरा रहेको बताए । उनले बाढी पहिरोले जनताको बिचल्ली भएका बेला दलहरू सत्ताको दौडमा लागेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण