प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना छ : सांसद दाहाल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने सम्भावना रहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरेका हुन् ।
उनले प्रधानमन्त्रीले विश्वासको मत पाएर वर्तमान सरकारकै निरन्तरता रहने सम्भावना रहेको उनले बताए । उनले विश्वासको मत नपाएमा माओवादी केन्द्रले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
‘मलाई विश्वास छ २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ । र प्रधानमन्त्रीकै निरन्तरतामा अगाडी बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ । भलै त्यो हुन सकेन भने पनि नेकपा (माओवादी केन्द्र)को तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ’ उनले भने, ‘मुख्यतः संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने र नेपाली जनताका समृद्धिका आकाङ्क्षाको प्रतिनिधित्व गर्ने उद्देश्यमा चाहे सत्तापक्ष होस् चाहे प्रतिपक्ष होस् । जुनसुकै भूमिकामा रहेर पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर माओवादी केन्द्र निरन्तर अगाडी बढ्छ ।’
उनले माओवादी केन्द्रले जनताप्रति जबाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भूमिका निर्वाह गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण