प्रेम सुवालको टिप्पणी: हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडोजस्तो भयो
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएकामा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–कांग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप लगाए । सांसद सुवालले समान विचार राख्नेहरूले सहकार्य गरेर अघि बढे मात्रै स्वाभाविक हुने बताए ।
उनले भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालोबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’
सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण