दिगोले नेपाली बजारमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने, बुकिङ खुला
काठमाडौँ । विद्युतीय गाडी कम्पनी दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ । १०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ । यसैगरी ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउने कम्पनीले जनाएको छ ।
विश्वकै सबैभन्दा ठुलो ब्याट्री निर्माता सिएटीएलले बनाएको लिथियम आयन फस्फेट ब्याट्री भएको १६ सिटर गाडीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमिटर सम्म गुड्ने दिगोले दाबी गरेको छ ।
दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीहरू भन्दा उपयुक्त मूल्यमा र ग्राहकलाई बढी फाइदा हुने गरी यी गाडीहरू भित्राउन लागेको जनाएको छ ।
बजारको माग हेर्दै दसैँलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ। बुकिङ खुलेको छोटो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि दिगोले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण