नथिङ मोबाइलद्वारा नेपालमा समार्टफोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक
मङ्गलबार, २५ असार २०८१, ०९ : ३७
काठमाडौँ । इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप-ब्रान्ड सीएमएफमार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन विस्तार गरेको छ। भिवान्ता काठमाडौँमा आयोजित कार्यक्रममा ब्रान्ड लन्च नेपालमा सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र वाच प्रो २ को ग्लोबल लन्च गरिएको हो।
सिजी मोबाइल प्रा. लि. ले नथिङ ब्रान्डका लागि नेपाली अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ। ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा ब्रान्ड एम्बेसेडर खडकाले सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २, सीएमएफ वाच प्रो२, सीएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (२ए) नथिङ इयर र नथिङ इयर (ए) सार्वजनिक गरे।
सीएमएफ फोन १ कालो, सुन्तला, हल्का हरियो र निलोमा उपलब्ध छ। साथै, नथिङको फोन २ए मा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटनपछि कहिलेदेखि चल्न थाल्छन् नागढुंगा सुरुङमार्गमा गाडी ?
-
मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण